Odapalika - The Fourth Estate - चौथो अंग
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह

काठमाडौँ । कपिलबस्तुको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन गरिएको मेयर अजय थापाले बताए ।

थापाले पालिका अस्पतालका शय्याभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको बताउँछन् । 

स्थानीय तहले सञ्चालन गरेको यो सेवा नेपालमै पहिलो रहेको उनले बताए । नागरिकको सहजताका लागि प्रत्येक वडाको स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक बिरामी चेकजाँच गर्न पठाउने नगर प्रमुख थापाले बताए ।

अस्पताल सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद बेल्बासेले परीक्षण गृह सञ्चालनले नागरिकलाई सुविधा हुने बताए । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update