Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले स्थानीय सरकारलाई भन्योेः रोजगारीको विवरण दिनू 

काठमाडौँ । संघीय सरकारले देशभरका स्थानीय तहसँग रोजगारी सिर्जना सम्वन्धि आयोजना र कार्यक्रमको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका सबै स्थानीय तहसँग आन्तरिक रोजगारीकोे विवरण मागेको हो । 

सरकारले आर्थिक वर्ष २०८१/०८२ देखि आन्तरिक रोजगार प्रवर्द्धन दशक मनाउने निर्णय गरिसकेको छ ।यो अभियानलाई स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत ढंगले रोजगारमूलक कृयाकलापको प्रवर्द्धन र विस्तार गर्ने संघीय सरकारको योजना छ । 

यसको कार्यान्वयनका लागि संघीय सरकारले स्थानीय सरकारहरुसँग रोजगारीको विवरण मागेको हो । स्थानीय तहहरुले यस्तो विवरण पठाउँदा मन्त्रालयले तोकेको ढाँचामा पठाउनुपर्ने छ । 

जसमा आयोजना संचालन गर्ने निकाय, आयोजना या कार्यक्रमको नाम, बिनियोजित बजेट, आयोजना र कार्यक्रमको भौतिक र वित्तिय प्रगति, सीप विकास तालिम, तालिमको प्रकार र स्वरोजगारीमा आवद्ध व्यक्तिको संख्यासमेत स्थानीय तहहरुले उपलव्ध गराउनु पर्नेछ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update