Odapalika - The Fourth Estate - चौथो अंग
आज  देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा भारी वर्षको सम्भावना छ  । 

केही स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाउँदै विभागले बिहानैदेखि आंशिक तथा सामान्य बदली रहने जनाएको हो । कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम छ । 

यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update