Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसद्को अधिवेशन २२ माघदेखि

काठमाडौँ । सरकारले २२ माघमा संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही २२ माघ अपराह्न ४ बजे संघीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जापान सरकारबाट कोटेश्वर क्षेत्रको सडक पूर्वाधार निर्माणका लागि प्रस्तावित ३४ अर्ब ४९  करोड जापानी येन ९ (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिमरुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।
बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम १० को खण्ड (क) बमोजिम डा असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update