Odapalika - The Fourth Estate - चौथो अंग
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है ! 

काठमाडौं । आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । प्रत्येक वर्ष अगष्ट १ देखि ७  सम्म यो दिवस मनाइने गरिन्छ ।

नेपालमा स्तनपानको महत्व बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । 

नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा छ । बालबालिका मात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माइसकेका महिलाहरुको पोषण स्थिति पनि सन्तोषजनक छैन । 

कुपोषित आमाबाट जन्मेका शिशुहरु पनि प्रायः कुपोषित नै भएर जन्मन्छन् जसले गर्दा त्यस्ता शिशुहरुलाई जीवनभर नै असर पर्न सक्छ । तसर्थ स्वस्थ्य बच्चा जन्माउन आमा स्वस्थ्य रहन आवश्यक छ । 

नवजात शिशु र बालबालिकाको लागि सर्वोत्कृष्ट पौष्टिक आहार भनेको आमाको दूध नै हो । त्यसैले ६ महिनासम्म नवजात शिशुलाई अन्य केहीपनि नखुवाइ स्तनपान मात्र गराएमा यसले उनीहरुको रोग प्रतिधात्मक शक्तिको विकास हुने डा. प्रज्वल पौेडेलको भनाइ छ । 

आमाको गर्भमा रहदा शिशुलाई चाहिने सम्पूर्ण आहांर आमाबाट नै पाउने पनि डा. पौडेलले बताए ।   २४ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार विश्व स्तनपान सप्ताह १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेका छन् । 

यस वर्ष २०२१ को साझा विषय दिगो विकास लक्ष्य २०३० अभियानको विषयगत क्षेत्र २ सँग मिल्दोजुल्दो हुने गरी अगाडि बढाइएको छ । जसले स्तनपान र अस्तित्व, स्वास्थ्य र महिलाहरुको स्थिति, बच्चाहरुको स्वास्थ्य र राष्ट्रकोबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । 

त्यसैले सन् १९९२ देखि नेपाल सहित विश्वभर हरेक वर्ष अगष्ट महिनाको पहिलो साता अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिन्छ र सप्ताह उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update