Odapalika - The Fourth Estate - चौथो अंग
अध्यागमनले  ७५३ स्थानीय तहलाई पठाइयो १३ बुँदे ट्राभल एडभाइजरी, यस्ता छन् व्यवस्था 

काठमाडौँ । अध्यागमन विभागले भिजिट भिसासम्बन्धि १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै सचेतनाका लागि ७५३ स्थानीय तहलाई पत्राचार गरेको छ । 

अध्यागमन विभागले गृहमन्त्रीस्तरीय निर्णयबाट १३ बुँदे ट्राभल एडभाइजरी (यात्रा सहजीकरण परामर्श) जारी भएको र यो अनुसार बिदेश जाने नागरिकमा सचेतना जगाइदिन भन्दै स्थानीय तहलाई पत्राचार गरेको हो । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ८ माघमा नयाँ ट्राभल एडभाइजरी जारी गर्ने निर्णय गरेपछि अध्यागमन विभागमार्फत सबै स्थानीय तहमा परिपत्र गरिएको हो । 

भिजिट भिसामा विदेश गइ गैरकानुनी रुपमा काम गर्ने, श्रम शोषणलगायत अन्य शारीरिक र मानसिक शोषण हुने, अलपत्र पर्नेलगायतका समस्या वढेको भन्दै सरकारले नयाँ एडभाइजरी जारी गरेको छ । 

मन्त्रालयले बिचौलियालाई रकम नबुझाउन, भ्रमणको उद्धेश्यविपरित यात्रा गरे¬को या नगरेको यकिन गर्नलगायतका बुँदा समेटेर एडभाइजरी जारी गरेको हो । 

यो एडभाइजरीलाई वडातहसम्म लगेर सचेतना जगाइदिन विभागले सबै स्थानीय तहहरुलाई आग्रह गरको छ । 

हेर्नुहोस् एडभाइजरी  

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update