काठमाडौँ । सरकारले जग्गा प्राप्त गर्दा लाग्ने मुआब्जालगायतका सबै खर्च सम्बन्धित स्थानीय तहले नै व्यर्हाेने गरी १० स्थानीय तहलाई जग्गा भोगाधिकारको अधिकार दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले स्थानीय तहले माग गरेअनुसार जग्गा भोगाधिकारको अधिकार दिएको हो ।
मन्त्रिपरिषद् बैठकले चौरजहारी नगरपालिका, पालुुङटार, परोहा, गल्याङ, पुनर्वास, रेसुुङा, तानसेन, दुुल्लु र रोल्पा नगरपालिकालाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो ।
यस्तै, ललितपुर महानगरपालिका र सिस्ने गाउँपालिकालाई समेत जग्गा प्राप्तीको अधिकार दिएको हो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्