Odapalika - The Fourth Estate - चौथो अंग
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व प्रवन्ध निर्देशक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलाई पक्राउ गरेको छ । आयोगले बुधबार दुबै जनालाई काठमाडौँबाट प्रक्राउ गरेको हो । 

उनीहरु माथि गैरकानूनी सम्पत्तिआर्जनको आरोप  लागेको छ । अख्तियारले असोज १५ गते सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरिसकेको छ भने २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी परेको र अख्तियारले बयानका लागि बोलाउँदा उपस्थिति नभएपछि पक्राउ गरिएको जनाइएको छ । अख्तियारले दुवै जनालाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update