Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ झनझन चिसो, यस्तो छ देशभरको मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका कतिपय स्थानमा हिमपात हुनसक्ने सम्भावना औँल्याएको छ । 

पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा जारी रहेकाले  उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको उसको भनाइ छ । 

विभागले पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना पनि भनेको छ । 

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफो छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update