Odapalika - The Fourth Estate - चौथो अंग
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंलवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा छ ।

त्यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५६ पैसा छ भने विक्री दर ९९ रुपैयाँ ५६ पैसा छ । अष्ट्रेलियन एक सयको खरिद दर ८७ रूपैयाँ ३९ पैसा रूपैयाँ छ भने बिक्री दर ८८ रूपैयाँ २८ पैसा छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update