Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिदका लागि कम व्याजदरको ऋण लिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँगको समन्वयनमा कम व्याजदरको ऋण लिन लागेको हो । 

निगमले करिब १ खर्ब ३५ अर्ब रुपैयाँ बराबर ऋण लिनका लागि मंगलबार अन्तर्राष्ट्रिय आशय पत्र निकालेको छ । निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको व्याजदरभन्दा कम व्याजदरमा ऋण लिनका लागि उक्त आशयपत्र जारी गरिएको जनाएको छ । 

निगमको १० बर्षे व्यवसायिक योजना अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्ने जहाजहरु खरिद गर्ने प्रयोजनको लागि, अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङ्गर निर्माणका लागि लगानी गर्ने समेत योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनका अनुुसार  उक्त सफ्ट लोन एकै पटक नभई निगमको व्यवसायिक लगानीको आवश्यकता अनुसार पटक÷पटक लिईनेछ । जसमध्ये हाल निगमले भुक्तानी गर्दै आएको करिब साढे ३ अर्ब व्याज खर्चमा कटौती हुन गई निगमको नाफामा बृद्धिहुने निगमले अपेक्षा गर्दै आशयपत्र आह्वान गरिएको जनाईएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update