Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभा सदस्य निर्वाचनः मधेश र लुम्बिनीमा गठबन्धनका उम्मेद्वार विजयी

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेश प्रदेश र लुम्बिनी प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार सम्पन्न भएको मतगणना अनुसार मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका हुुन् । अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन् ।

निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख÷उपप्रमुखले मतदान गरेका थिए भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख÷उपप्रमुखले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा भएको मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख÷उपप्रमुखले मतदान गरेका थिए ।

यस्तै, लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update