Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता÷अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् ।

गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update