काठमाडौँ । सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज भएको मतदानमा सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो ।
सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन् । उनले ४ हजार ४५३ मत पाइन् ।
अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।
निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १७:१२
प्रतिक्रिया दिनुहोस्