Odapalika - The Fourth Estate - चौथो अंग
बुढानीलकण्ठ नगरपालिकाले माग्यो सफाईकर्मीदेखि अस्पताल निर्देशकसम्म, कसरी दिने आवेदन

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिकाले सञ्चालन गरेको बुढानीलकण्ठ नगर अस्पतालका लाग मेडिकल फिल्डका स्टार्फ माग गरेको हो । 

सूचना अनुसार नवौँ तहमा अस्पताल निर्देशक, आठौँ तहमा मेडिकल अधिकृत, पाचौँ तहमा ल्याब टेक्लिसियन र तहविहीन सरसफाईकर्मी एक/एक जना माग गरिएको छ । यस्तै, पालिकाले पाचौँ तहमा स्टार्फ नर्स २ जनाको समेत माग गरेको छ । 

नगरपालिकाले स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएको भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । इच्छुकले नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन सक्नेछन् । 

निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्रचलित कानून बमोजिम काउन्सिल दर्ताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि, ३ प्रति पासपोट साइजको फोटो, स्थानीयको हकमा नागरिक प्रमाणपत्रको प्रतिलिपि वा स्थानीइ पञ्जिकाधिकारीद्धारा जारी भएको प्रमाणपत्रको प्रतिलिपि र नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ । 

नगरपालिकाको नाममा प्रभु बैंक हात्तीगौँडा शाखामा रहेको खातामा राजश्व जम्मा गरेर भौचर समेत बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update