Odapalika - The Fourth Estate - चौथो अंग
गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता दिदै डिलाशैनी गाउँपालिका

काठमाडौँ । बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँघरबाटै भत्ता सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । 

पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले कुमारी बैंकसँगको सहकार्यमा गाउँ गाउँ पुगेर  सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको छ ।

शिविर मार्फत दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण धमाधम भइरहेको गाउँपािलका अध्यक्ष सन्तोष प्रकाश  जोशीले जानकारी दिए । 

गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख लोक राज जोशीका अनुसार कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा ५ माघबाट वडा तथा गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण गरिएको हो । 

उनकाअनुसार अझै यो क्रम जारी नै छ । वडा नम्बर २ र  ३ मा  बाँकी रहेको जोशीले बताए । बाँकी रहेको वडा नम्बर २ बाटपनि बिहीवारबाट सुरु गरिएको र वडा नम्बर ३ मा १४ माघमा भत्ता वितरण हुने उनको  भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update