Odapalika - The Fourth Estate - चौथो अंग
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?

काठमाडौँ । पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ । महानगरले एक सूचना जारी गर्दै पोखरा कौसी क्विन–२०८० तथा वडा स्तरीय कृषि सञ्जालबीच कौसी बाली प्रतियोगितामा गर्न लागिएको जनाएको हो । 

महानगरको ग्रिम सिटी, क्लिन सिटी अभियान, ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ मुख्य सहरी क्षेत्रमा घरायसी फोहोरको प्रभावकारी व्यवस्थापन गर्न उक्त कार्यक्तम आयोजना गर्न लागिएको सूचनामा उल्लेख छ । 

महानगरको आर्थिक विकास महाशाखा, कृषि विकास शाखा, वातावरण शाखा, नेपाल विकास समाज तथा पोखरा कौसी करेसा खेती समूहको साझेदारीमा माघ २७ गते उक्त कार्यक्तम आयोजना हुने भएको हो । 

महानगरले उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि ७ दिनको  समय दिएर आवेदन खुुला गरेको छ । 

तोकिएको समयभित्र आएका आवेदनका आधारमा घरायसी फोहर व्यवस्थापन, हरियाली निर्माण, नियमित उत्पादन, नवीन प्रविधि सहित ५ मिनेटको सन्देशमूलक भिडियो बनाइनेछ । 

विज्ञ टिमले सोधेको प्रश्नको जवाफको आधारमा उत्कृष्टलाई पोखरा कौसी क्विन २०८० तथा पहिलो, दोस्रो, तेस्रो रनर अप छनौट गरी पुरस्कृत गरिने जनाइएको छ । 

वडा स्तरीय कौसी बाली प्रतियोगिता

महानगरले माघ २७ गते कौसी क्वीन प्रतियोगितासँगै वडा स्तरीय कृषि सञ्जालबीच कौसी बाली प्रतियोगिता समेत आयोजना हुने जनाएको छ । 

वार्ड स्तरमा रहेको कृषि सञ्जालको समन्वयमा आ–आफ्नो वार्डमा कौसी खेती गर्दै आएका व्यक्तिले फोहोर व्यवस्थापन प्रविधि, बाली विविधीकरण, उत्पादन सामाग्रीको प्रयोग, नवीन प्रविधि झल्कने गरी आयोजकले तयार गरेको स्थलमा ल्याई प्रदर्शन गर्नुपर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update