Odapalika - The Fourth Estate - चौथो अंग
विमानस्थल अध्यागमन प्रमुख र अधिकृतमाथि प्रहरीले गर्‍यो हातपात
फाइल फोटो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा खटिएको प्रहरीले कर्मचारीमाथि हातपात गरेको पाइएको छ । 

शुक्रबार विमानस्थलको अध्यागमन विभागका प्रमुख गोगनबहादुर हमाल र अध्यागम अधिकृृत छाँयालाल मोक्तानमाथि प्रहरीले हातपात गरेको हो । 

प्रहरीको कुटपिटबाट घाइते भएका मोक्तानलाई उपचारका लागि अस्पताल लगिएको छ । 

अध्यागमन अधिकृतलाई हातपात गरेको जानकारी पाएपछि प्रमुुख हमालले प्रहरीको ज्याजती बढी भएको बताएका थिए । उनले उक्त कुरा बताएपछि उनीमाथि समेत हातपात भएको हो । 

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेको आरोप लागेपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच पछिल्लो समय वेमेल बढेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update