Odapalika - The Fourth Estate - चौथो अंग
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक 

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग अटो क्षेत्रमा देखिएका समस्या र समसायमिक विषयमा छलफल गरेको थियो । 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने बताए । 

यस्तै, उनले बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेच लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालुु रेसियोको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा जानकारी गराएका थिए । 

उक्त छलफलमा प्रधानमन्त्रीले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै हाल देखिएका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएका थिए । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update