Odapalika - The Fourth Estate - चौथो अंग
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छिन् ।

बालबालिकालाई बढी आकर्षित पार्ने खानेकुरामा गुणस्तरमा समस्या देखिएको पाइएपछि उपप्रमुख डंगोलको यस्तो भनाइ आएको हो ।

बालबालिका लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो ।

यसरी पठाइएको नमूनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डंगोलले, बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update