Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त

धादिङ । जिल्लाको सिद्धलेक गाउँपालिकाले स्थानीय सरकारले करारमा नियुक्त गरेका २८ स्वास्थ्यकर्मीसहित ५६ जना कर्मचारीलाई बिदाइ गरेको छ । 

१ साउनबाट उनीहरुको करार अवधि नविकरण नभएपछि पालिकाभित्र स्वास्थ्यकर्मी र आवश्यक जनशक्ति अभाव भएको छ । 

कर्मचारी निश्कासन गरेको पालिकाले नयाँ भर्ना प्रक्रिया अघि नवढाउदा दैनिक सेवा प्रवाहमा समस्या भएको स्थानीयको गुनासो छ ।स्थानीयका अनुसार पालिकाले अहिलेसम्म कर्मचारी नियुक्ति प्रक्रिया अघि वढाएको छैन । 

पालिकाले संघ र प्रदेशले पठाएका करारका कर्मचारीलाई भने यथावत राखेर अन्यलाई भने सेवाबाट हटाएको हो । हटाइएका कर्मचारीले पालिकाले थप सेवा सुविधासमेत नदिएको गुनासो गरेका छन् । 

पालिकाले २०७४ सालदेखि करारमा कार्यरत कर्मचारीलाई बिदाइ गरिएको बताएको छ । पालिकाले करारमा रहेका कर्मचारीको निरन्तरताबारे अध्यनन गर्न बनाएको कार्यदलले करारका कर्मचारीको म्याद थप नगर्न सुझाव दिएकाले सोही सुझावका आधारमा करारका कर्मचारी कटौती गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update