Odapalika - The Fourth Estate - चौथो अंग
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङस्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार  यस अघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध हुनेछ । 

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफलमा निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । महानगरपालिकाका अनुसार यो नेपालकै ठूलो पार्किङ संरचना हो । 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update