Odapalika - The Fourth Estate - चौथो अंग
घुस दिने सेवाग्राहीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिएको अभियोगमा सेवाग्राहीविरुद्ध मुद्दा दायर गरेको छ । 

राहदानी विभागमा कार्यरत तत्कालिन कम्प्युटर इन्जिनियर प्रदीय भट्टराईलाई घुस दिएको भन्दै सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यस्तै, अख्तियारले भट्टराई विरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राही सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update