Odapalika - The Fourth Estate - चौथो अंग
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा 

काठमाडौँ । एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । शनिवार सम्पन्न पाँचौँ राष्ट्रिय अधिवेशनबाट अध्यषमा शर्मा र महासचिवमा शम्भु बराल निर्वाचित भएका हुन् । 

कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा सृजना लामिछाने निर्वाचित भए । प्रदेश उपाध्यक्षमा कोशीबाट चन्द्र बहादुर बस्नेत, मधेशमा नवराज खड्का, बाग्मतीमा विदुर गौतम, गण्डकीमा महेन्द्र बहादुर गोदार, कर्णालीमा दिल बहादुर शाही रसुदूरपश्चिम प्रदेशबाट करण सिंह धामी निर्वाचित भएका छन् ।

अधिवेशनले उपमहासचिवमा विष्णु बहादुर पौडेल र रुद्रनाथ आचार्यलाई चयन गरेको छ भने सचिवमा रेशम जीसी, बबीन्द्र लाल माझी र मन्दिरा श्रेष्ठ निर्वाचित भए कोषाध्यक्षमाभने कुवेर केसी  निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update