काठमाडौँ । टाइमलाइन स्कुुलले विज्ञान तथा कला प्रदर्शनी प्रतियोगिता आयोजना गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको आन्तरिक क्षमतालाई उजागर गर्न विद्यालयले शनिबार एक दिवसीय प्रतियोगिता आयोजना गरेको हो ।
विषयगत रुपमा अध्ययन गरेका कुरालाई व्यवहारमा उर्तान सघाउने उद्धेश्यले विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल रामप्रसाद बडालले ८०० भन्दा बढी विद्यार्थीलाई सहभागिता गराएर उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
‘विद्यार्थीले दैनिक विद्यालयमा जे कुरा अध्ययन गर्छन्, त्यसलाई व्यवहारिक बनाउन हामीले प्रतियोगिता आयोजना गरेका हौँ । हामीले आर्ट, क्राफ्ट र साइन्स एक्जीविसनलाई प्राथमिकतामा राखेका थियौँ’, उनले भने ।
उनले प्रतियोगितामा सहभागी समूहमध्ये उत्कृष्ठ ४ वटा समूहलाई नगद पुरस्कार वितरण गरिएको बताए । जुनियर लेबलका विद्यार्थीका लागि आर्ट, मिडियम तहका लागि आर्ट र क्राफ्ट र माथिल्लो तहका विद्यार्थीका लागि बिज्ञान प्रर्दशनी भएको थियो ।
विद्यालयले ४ वटै समूहका विद्यार्थीलाइ प्रथम पुरस्कार ३ हजार, दोस्रोलाई २ हजार र तेस्रो हुने समूहलाई १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेको जनाएको छ ।