Odapalika - The Fourth Estate - चौथो अंग
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज हिमपातको सम्भावना औँल्याएका छ । 

विभागका अनुसार आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव भएपनि आज वर्षको भने सम्भावना छैन । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।  बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update