Odapalika - The Fourth Estate - चौथो अंग
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट

काठमाडौँ । नीजि क्षेत्रको लगानीमा सञ्चालित श्री एयरलाइन्सले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा माउन्टेन फ्लाइट गरेको छ । 

एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले ४४ जना यात्रु र चालक दल ५ जना राखेर मानसरोवरको उडान सफलतापूर्वक सम्पन्न गरेको हो । 

नेपाली भूभागबाट यसरी उडान गरिएको नेपालकै इतिहांसमा पहिलोपल्ट रहेको कम्पनीले जनाएको छ । नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशीलगायत तथा धार्मिक पर्यटक आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्त्वपूर्ण उपलब्धि हुन सक्ने कम्पनीको विश्वास छ ।

उक्त उडान क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा गरिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । 

उनका अनुसार श्री एयरलाइन्स, टेम्पल ट्रीप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो । 

३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने एयरलाइन्सले जनाएको छ । साथै नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याइ पशुपतिसमेत दर्शन गराउने योजना रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update