काठमाडौँ । बर्दघाट सूस्ता पूर्वको वैदीकाली गाउँपालिकाले पालिकाभित्र संचालित अस्पतालका लागि एक जना चिकित्सकको विज्ञापन खुलाएको छ ।
करारमा नियुक्त गर्ने मेडिकल आठौँ तहको चिकित्सकका लागि न्युनतम एमबीबीएस पास गरेको हुनुपर्ने पालिकाले जनाएको छ ।
३५ वर्षसम्मकाले आवेदन दिन पाइने यो पदका लागि आवेदन दिन एक हजार रुपैयाँ शुल्क तोकिएको छ भने २८ माघभित्र गाउँपालिकाको कार्यालयमा पुग्नेगरी निवेदन दिइसक्नुपर्नेछ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १४:४४
प्रतिक्रिया दिनुहोस्