Odapalika - The Fourth Estate - चौथो अंग
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि करारमा २३ जना कर्मचारीको माग गरेको हो । 

सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवश्यक कागजातका साथमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

दरखास्त फाराम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको पाटी वा वेवसाइटमा हेर्न समेत अनुरोध गरिएको छ । 

सूचना अनुसार सबैभन्दा बढी पाँचौं तहको स्टाफ नर्सका लागि १७ जना कर्मचारी माग गरिएको छ । रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृृत आठौं तहका लागि २ जना कर्मचारीको माग गरेको छ । 

यस्तै, पाँचौं तहकै असिष्टेन्ट फर्मासिष्टमा २ जना, आइ टी प्राविधिकमा एक जना माग गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update