Odapalika - The Fourth Estate - चौथो अंग
बाँदरले दुःख दियो भनेर रोई कराई गरेर मात्र हुँदैन, प्रत्येक पालिकाले ५० हजारका दरले उठाउनुस्

बाँदरको समस्या हल गर्ने अनुसन्धान तथा नबप्रबर्तनको लागि प्रतिगाउँपालिका ५० हजार उठाउने साहस गर्नुहोस् । बाँदरले दुःख दियो भनेर रोई कराई गरेर मात्र पुग्दैन। यो गम्भीर र जटिल समस्या हो । 

हुन त राष्ट्रिय आविष्कार केन्द्रले पहिलेदेखि नै बाँदर लखेट्ने उपायको अनुसन्धानमा निकै प्रयास र खर्च गरेको पनि हो । अनि राम्रो प्रबिधि निकाल्नेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा पनि गरेको हो । 

तर नेपालमा अहिलेसम्म कुनै ठोस आइडिया निस्केको छैन । त्यसैले मैले अमेरिका र युरोप तिरका युनिभर्सिटीका धेरै अनुसन्धानकर्ताहरुलाई आइडिया निकाल्न अनुरोध गरेको पनि हो । विदेशबाट पनि ठोस आइडिया आएको छैन । यो त्यति सजिलो अनुसन्धान होइन र कुनै एउटा उपायले मात्र बाँदरलाई धपाउन सकिदैन । किनभने बाँदर बाठो प्राणी हो । चीनले पनि त्यस्तो अति नै राम्रो उपकरण बनाउन सकेको छैन ।

बाँदर धपाउने बिभिन्न उपायहरु खोज्न एउटा बलियो टीम बनाएर अनुसन्धान गर्न लगाउनु पर्छ । त्यसैको लागि हरेक गाउँपालिकाले ५० हजार रुपैंयाँको दरले उठाएर कसैलाई अनुसन्धान गर्न लगाउनु होस् भनेको हो । राष्ट्रिय आविष्कार केन्द्रलाई त्यो पैसा दिनु होस् भनेको होइन । त्यसमा राष्ट्रिय आविष्कार केन्द्रले पनि सहयोग गर्न सक्छ । 

नोटः केहि गोक्तेकाजीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई बाँदर धपाउने चिज बनाएर बसेको छ भनेर आलोचना गरिरहेका छन् । ती गोक्तेकाजीहरु ले बुझ्नु पर्ने कुरा के हो भने बाँदर धपाउने एकदमै प्रभाबकारी उपाय बिकास गर्न सक्यो भने त्यो ब्यक्ति वा कम्पनी अर्बपति हुन्छ किन भने त्यो बाँदर धपाउने सामान बिश्व भरि बिक्री हुन्छ ।

(यो सामग्री राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुनले जुलाई १६, २०२३ मा गरेको एक ट्वीटबाट साभार गरिएको हो– सम्पादक)

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update