Odapalika - The Fourth Estate - चौथो अंग
भारतबाटै देखिने नेपालको झण्डा 

महोत्तरी । मटिहानी नगरपालिकाले नेपालकै सबैधन्दा अग्लो झण्डा पालिकामा फहराएको छ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नगरपालिकाले बनाएर फराउन खोजेको सो झण्डा उद्घाटन गरेका छन् । 

उपराष्ट्रपतिबाट झन्डोत्तोलन गरेसंगै उनलाई पालिकाले नागरिक अभिनन्दनसमेत गरेको छ । मटिहानीमा ११० फिट अग्लो पोलमा २५÷२५ फिट साइजको झन्डा फहराइएको हो । वडा नम्बर ७ मा यो झण्डा राखिएको छ । 

भारतीय सीमासँग जोडिएको मटिहानी अब नेपालकै सबैभन्दा अग्लो झन्डा भएको स्थान भएको छ । यो झण्डालाई भारतका विभिन्न ठाउँबाट समेत प्रष्ट देख्न सकिने नगरपालिकाले जनाएको छ । 

झन्डोत्तोलनपछि उपराष्ट्रपति यादवले मटिहानीस्थित लक्ष्मीनारायण मठ र संस्कृत माविको अवलोकन गरेका छन् । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरु सहभागी भएको नगरप्रम्ुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

matihani1690879812.jpg

matihahi1690879806.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update