Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त 

काठमाडौँ  ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ । 

निजामती, कानुन, न्याय, शिक्षा, स्वास्थ्यसहित सबै सेवा र समूहका कर्मचारबीच आयोजना गरिने यो कार्यक्रमलाई मन्त्रालयले प्रतिभा डवली भनेको छ । 

यो प्रतिस्पर्धामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै सरकारी कर्मचारीले सहभागिता जनाउन सक्ने मन्त्रालयले जनाएको छ । 

तीनवटै तहमा कार्यरत कर्मचारीहरुमा अन्तरनिहित नवीन सोच तथा आइडिया प्रष्फुटन गराउँदै सार्वजनिक सरोकारका विषयमा उपयोग गर्न यो प्रतिस्पर्धा गर्न लागिएको मन्त्रालयको भनाइ छ । 

यसका लागि मन्त्रालयले प्रतिभा डवली कार्यक्रम संचालन कार्यविधि समेत बनाएको छ ।  कार्यविधिअनुसार  मन्त्रालयले गत वर्षदेखि यो प्रतियोगिता आयोजना थालेको हो । 

अनलाइन मार्फत आवेदन दिन सकिने यस प्रतिस्पर्धामा नवीन सोच र इनोभेटिभ आइडिया पेश गरेकामध्येबाट शीर्ष १० प्रतियोगीले प्रत्यक्ष प्रस्तुति गर्नुपर्ने छ । जसलाई टेलिभिजनमार्फत प्रशारण गर्ने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ । 

प्रतिस्पर्धाबाट छनौट भएका  आइडिया र सोचमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुसरुकार दिने मन्त्रालयको भनाइ छ ।  अनलाइनमार्फत नवीन सोच पेश गर्न तबभिलतजगलत।mयाब।नयख।लउ मा लगइन गरी खाता खोल्नुपर्ने नियम छ । 

यरी खाता खोलेपछि आवश्यक विवरण भरेर युजर नेम र पासवर्ड क्रिएट गरी मोवाइल नम्बरमार्फत भेरिफिकेसन गरेर आवेदन दिन सकिने मन्त्रालयको भनाइ छ । 

प्रतियोगिले आइडियाका साथै अडियो र भिडियो पनि पेश गर्नुपर्ने छ । तर यस्तो भिडियो र अडियोमा सम्वन्धित कर्मचारीको पहिचान भने खुल्न नहुने नियम छ । 

यसरी दिनुहाेस् आवेदन

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update