Odapalika - The Fourth Estate - चौथो अंग
मध्यविन्दु नगरपालिकाले करारमा किन लिन लाग्यो ६० वर्षसम्म उमेरको जनशक्ति ?

काठमाडौँ । नवलपुर जिल्लामा पर्ने मध्यविन्दु नगरपालिकाले माघ १५ गते एक सार्वजनिक सूचना प्रकाशित गर्यो । नगरपालिकाले १ जना करारमा कर्मचारी लिने सम्बन्धी सूचना थियो त्यो ।

नगरपालिकाले प्रकाशन गरेको सूचनामा ६० वर्षसम्म उमेरको नेपाली नागरिकले आवेदन दिन सक्ने भनिएको थियो । आवेदन दिनको लागि न्यूनतम उमेर भने ३० वर्ष राखिएको थियो ।

अहिलेको कानुनी व्यवस्था अनुसार निजामती कर्मचारीले ५८ वर्षमा अनिवार्य अवकाश पाउँछन् । तर, नगरपालिकाले करारमा लिन लागेको कर्मचारीको उमेर हद किन ६० वर्षसम्म राखियो ? यो प्रश्न अहिले चर्चामा छ ।

याे विषय बुझ्न वडापालिका डटकमले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिसँग सम्पर्क गरेको छ । सो सूचनामा प्रमुख प्रशासकीय अधिकृत घर्तिले नै हस्ताक्षर गरेका छन् ।

sewa-karar-60-years1706612234.jpg

‘शिक्षा सम्बन्धि करिकुलम बनाएर त्यसको कार्यान्वयन पनि गर्नको लागि करारमा विशेषज्ञ लिन लागिएको हो । त्यसको कार्यविधि अनुसार कम्तिमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्छ । अलि अनुभवी व्यक्तिहरु आउन भनेर उमेर हद ६० वर्षसम्म राखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत घर्तिले वडापालिकासँग भने ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update