Odapalika - The Fourth Estate - चौथो अंग
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै 

काठमाडौँ । आज देशका ६ वटा प्रदेशमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

देशका केही भू–भागमा हिमपात पनि हुने भएकाले चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागको भनाइ छ । 

पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने उसको भनाइ छ । 

विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्नेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा बदली हुनेछ । 

उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि  तापक्रम घटेर हल्का चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । 

शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ । आज दिउँसो धेरै स्थानमा बदली हुने भएकाले चिसो महसुस हुनेछ  । 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

रहेको उनले बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update