Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिष शास्त्रअनुसार यसरी बित्नेछ आज तपाईंको दिन 

आजको पञ्चाङ्ग 

तिथि: षष्ठी, नक्षत्र: हस्ता, करण: गर, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५३,सूर्यास्त: १७: ४२, दिनमान: २७ः १ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः ३० बजेसम्म ।

तपाईंको आज 

 मेष ( चु चे चो ला लि लु ले लो अ )

आवेशमा काम गर्दा समस्यामा फस्नु पर्नेछ । दाजुभाइ र मित्रहरु प्नि शत्रु हुनेछन् ।  सोचबिचार गरेर काम गर्नुहोला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

मन सम्मान र धन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ ।   

मिथुन  (का कि कु घ ङ छ के को ह)

मित्रहरु विभिन्न बाहनामा टाढिनेछन् । मनमा अनावश्यक सोचाइ आउला । संयमताको आवश्यक देखिन्छ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

 बन्धुहरुसँगको भेटघाटले महत्वपूर्ण काम बन्ने  देखिन्छ । मन रमाउने छ । शरीरमा स्पूmति होला । धन खर्च हुनेछ ।

 सिंह (मा मि मु मे मो टा टि टु)

आज धनागमनको समय रहेको छ ।  गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईंको आज आप्mनो कर्मको सम्मान पाउने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला ।  

तुला  (र रि रु रे रो ता ति तु ते) 

शत्रु पक्ष सबल हुनेछन् । भाग्यले साथ दिनेछैन । सोचेभन्दा बढी खर्च हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन धन प्राप्तिको समय रहेको छ । हरेक कुरामा सोचविचार गरेर मात्र खर्च गर्नुहोला । यात्रा सुखमय हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ । स्वस्थ्यमा सुधार हुनेछ । धार्मिक यात्रा होला ।

कुम्भ  (गु गे गो सा सि सु से सो दा)

आज तनावमय दिन हुन सक्ला । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन गरेको काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको भने खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update