Odapalika - The Fourth Estate - चौथो अंग
सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ । 

नगरपालिकाले बुधबार (आज) एक सूचना जारी गर्दै तोकिएको समयभित्र सहकारी संस्थाहरुले मासिक प्रतिवेदन नबुझाएको भन्दै समयमै बुझाउन निर्देशन दिएको हो । 

पालिकाले प्रत्येक महिनाको ८ गतेभित्र मासिक प्रतिवेदनहरु बुझाउनुपर्ने, गत आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको माईनुटको प्रतिलिपि, चालू आर्थिक वर्षका लागि साधारणसभाबाट पास भएको वार्षिक बजेट तथा कार्यक्रम, सञ्चालक समितिका पदाधिकारीहरुको विवरण र कार्यअवधि समेत बुझाउन निर्देशन गरेको हो । 

यस्तै, आर्थिक वर्ष २०७९/०८० को वार्षिक समष्टिगत विवरण, आर्थिक वर्ष २०७९/०८० को कार्य समिति तथा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, राजश्व खातामा १ हजार नगद तिरेको नगद रसिद र सञ्चालकहरुले लिएको ऋणको विवरण समेत बुझाउन निर्देशन गरेको छ । 

Rapti notice1706683902.jpg

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update