Odapalika - The Fourth Estate - चौथो अंग
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा दाबी पेश गरेका हुन् ।  मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जनाको समर्थनमा दाबी पेश भएको हो ।

त्रियानब्बे सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ । सभामुखलाइ राजिनामा गर्न लगाएर गठवन्धन दलले बहुमत पुर्याएका हुन । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update