Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो आज देशभरको मौसम अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नसक्ने जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षासंगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने विभागको भनाइ छ । 

विभागका अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । मध्य तथा पूर्वी  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका केही भू–भागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । 


 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update