Odapalika - The Fourth Estate - चौथो अंग
४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको नगदसहित सम्मान 

ललितपुर । ललितपुर महानगरपालिकाले माध्यमिक विद्यालय परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित समान्न गरेको छ । 

मंगलवार महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उत्कृष्ट अंक ल्याउने ८ विद्यालयलाई प्रति विद्यालय ४ लाख र ती विद्यालयका १४ जना विद्यार्थीलाई जनही २ लाखका दरले सम्मानित गरेका हुन् । 

जेम्स, सेन्टमेरिज, नाईटिङ्गेल, डिएभी, लिटल एन्जेल्स र ब्राईट फ्यूचर स्कुलले  उत्कृष्ट अंक ल्याएकोमा सम्मान पाएका छन् । 

सम्मान तथा पुरस्कार समारोहलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो दोस्रो पटकको चुनावको जीतको खुसीको उत्सव महानगरपालिकाबाट जीपीए ४ ल्याएका विद्यार्थीहरुसँग मनाएको बताए । 

आफ्नो वायोग्राफी लेखियो भने यो अशंको लागि एउटा छुट्टै च्याप्टर बनाउने उनको भनाई छ । ‘दोस्रो पटकको चुनावको मेरो नतिजा आउँदा जति खुसी भएको थिए ललितपुर महानगरपालिकाबाट जीपीए ४ ल्याउने १४ जना विद्यार्थी निस्किए भन्दा त्यो बेलाको खुसी विर्सिएर यता उत्सव मनाउँन थाले यो मेरो जिन्दगीमा वायोग्राफी लेखियो भने यो अशंको लागि एउटा छुट्टै च्याप्टर राख्छु ।’

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update