Odapalika - The Fourth Estate - चौथो अंग
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध 

काठमाडौँ । ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले सार्वजनिक खर्चबाट हुने कार्यक्रममा आयातित खादा, ब्याच तथा कृतिम फूलगुच्छाको प्रयोगमा रोक लगाउने भएको छ । 

बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले अनावश्यक खर्च बढाउने, स्थानीय रोजगारी सिर्जना नगर्ने उक्त सामग्रीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । 

पालिकाले धार्मिक प्रयोजनबाहेकका कार्यक्रममा यस्ता सामग्री पूर्णतः निषेध गर्दै अनावश्यक खर्च कटौती गर्ने भनेको छ । 

खादा, ब्याच, माला लगायतका आयातित सामग्रीको प्रयोगले अनावश्यक खर्च बढाउने तर स्थानीय रोजगारी सिर्जना नगर्ने भन्दै पालिकाले स्थानीय रूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिन यस्तो नीति बनाएको हो । 

‘नेपाल राज्य नै आयातमा निर्भर रहेको अवस्थामा यस्ता अनावश्यक तथा भविष्यमा प्रयोग नहुने सामाग्रीको प्रयोगमा कमी ल्याई फजुल खर्चमा समेत मितव्ययिता ल्याउनमा केही टेवा पुगी स्थानीय रोजगार तथा व्यवसायमा समेत प्रवद्र्धन हुने देखिएकोले अतिथि सत्कारमा स्थानीय स्तरमा उत्पादन हुने सामग्रीहरु जस्तैैः प्राकृतिक फूल/सल्ला/अन्य पातबाट बनेको फूलगुच्छा/फूलको मालाको मात्र प्रयोग गरी समाज तथा सार्वजनिक निकायका कार्यक्रममा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्न समेत अनुरोधको लागि निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ’, पालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

falelung1706767153.jpg

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update