Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पिपिपि मोडेलमा सञ्चालन गर्ने
फाइल फोटो

काठमाडौँ । सरकारले हाल सञ्चालीत अवस्थामा रहेका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल पिपिपि मोडलमा सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डौ, पोखरा, भैरहवा र पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पि.पि.पि मोडेलमा संचलान गर्ने बारे अध्ययन समिति गठन गरेको हो । 

मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाइई स्वकृती प्रधान गरेको हो । विमानस्थल बारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको हो । 

त्यस्तै बायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा अर्काे समिति गठन गरिएको छ । ५ सदस्यीय उक्त समितिको सदस्यमा टिकराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरिसमिति तयार गरिएको हो । उक्त समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । 

यस्तैगरी, तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update