Odapalika - The Fourth Estate - चौथो अंग
एकैपटक १०० शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौँ । सरकारले एकै पटक १०० जना शाखा अधिकृत बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा उनीहरुलाई शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो । 

जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका रहेका छन् ।

त्यसपछि नेपाल लेखापरिक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुदाँ नौ जना प्राविधिक सेवातर्फ विभिन्न समूह तथा उपसमूहतर्फको शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update