Odapalika - The Fourth Estate - चौथो अंग
आधुनिक प्रविधिबाट गाउँमै घाँस र दाना उत्पादन गर्छन् तिला गाउँपालिकाका महिला 

काठमाडौँ । जुम्लाको तिला गाउँपालिकाका महिला समुहको सक्रियतामा गाउँमै प्रविधयिुक्त घाँस र दान उत्पादन सुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको हिमाली महिला तथा बचत ऋण सहकारी संस्थाले पशु बस्तुका लागि हाइड्रोपोनिक प्रविधिबाट घास तथा दाना उत्पादन गर्न थालेको छ । 

गहुँ, जौ, मकैबाट दानासहित घास उत्पादन गरिरहेका महिला समूहले विस्तारै यी घाँस बेचेर आम्दानी लिने अवस्था बन्दै गएको बताएका छन् । 

गाईभैसीलाई खुवाउन भिटामिन युक्त घाँस र खाना उत्पादनमा सहकारीका महिलाहरु जुटेका छन् । उनीहरुले  ५० केजी भन्दा बढी घाँस बिक्रीसमेत गरिससको बताए । 

महिला समूहलाई घाँस र दान उत्पादन गर्न यूएसए आईडीले आर्थिक र विन्डपावर नेपालले प्राविधिक सहयोग गरेको छ । 

विन्ड पावर नेपालका प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले  चैपायामा निर्भर आहारा, सुख्खायाममा पनि पाउने उद्देश्यले यो प्रविधिबाट चारो तथा घाँस उत्पादनमा सहयोग गरेको बताए । 

समूहले एक किलो दानाबाट ८ केजीसम्म उत्पादन गरिरहेका छन् ।  गुरुङकाअनुसार हिमाली क्षेत्रमा यो प्रविधि पहिलो पटक प्रयोग गरिएको हो । 

सहकारी अध्यक्ष सत्यदेवी भट्टराई  हिउँदमा सुख्खा हुने भएकाले हरियो घाँस उत्पादन गर्ने प्रविधिले कृषकहरुलाइ सजिलो हुने बताइन् । 

उनका अनुसार यो प्रविधिबाट १२ घण्टा पानीमा भिजाउने त्यसपछि पखालेर २४ घण्टा थैलोमा राखेपछि हरियो घाँस उत्पादन हुन्छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update