Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने

काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्चाल नेपाल गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरुले भेला आह्वान गरेका छन् । 

प्रदेश अन्तरगत रहेका ८५ वटा गाउँ तथा नगर कार्य समितिमा आवद्ध कर्मचारीहरुलाई समेटेर आगामी माघ २९ गते पोखरामा भेला हुने भएको हो । 

प्रदेश कार्य समिति गण्डकीले आईतबार एक सूचना जारी गर्दै उक्त भेलामा सहभागीता जनाउन आग्रह समेत गरेको छ । 

गण्डकी प्रदेश संयोजक कमल घर्तीले जारी गरेको सूचना अनुसार उक्त भेलामा गाउँ तथा नगर कार्य समितिका संयोजक सहित ५ जना सदस्यहरुलाई उपस्थित हुन आह्वान समेत गरेको छ । 

‘स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, केन्द्रीय समिति तथा प्रदेश कार्य समितिको निर्णय बमोजिम गण्डकी प्रदेशका स्थानीय सेवाका कर्मचारीहरुको प्रदेश भेला माघ २९ गते हुन गईरहेको हुँदा तहाँ गाउँ÷नगर कार्य समितिबाट संयोजक सहित कम्तिमा ५ जना सदस्यहरुको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । प्रदेश भेलाबाट आगामी कार्यदिशा ÷ कार्ययोजना तयार पारी पोखरा घोषणापत्र समेत तयार पारिने हुँदा उक्त भेलाले हाम्रो स्थानीय सेवाको भविष्यको समेत दिशानिर्देश गर्ने हुँदा स्थानीय सेवाको भविष्यप्रति चिन्ता र चासो राख्नुहुने गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका, स्थानीय सेवाका राष्ट्र सेवक कर्मचारीहरु भेलामा नछुट्नुहुन समेत अनुरोध गर्दछौं, समितिले जारी गरेको सूचनामा भनिएको छ । 

संयोजक घर्तीले आगामी १ वर्षको कार्ययोजना तथा रणनीतिहरु तयार पर्न भेला आह्वान गरिएको जानकारी दिए । उनका अनुसार उक्त भेलामा विगतका केन्द्रीय/प्रदेश स्तरमा भएका आन्दोलन खबरदारीहरुको समिक्षा गर्ने, प्रदेश कार्य समितिलाई (आवश्यक परेमा हेरफेर सहित) पूर्णता प्रदान गर्ने र रणनीतिहरु सहितका कार्ययोजनाबाट पोखरा–घोषणापत्र तयार पारिनेछ । 

गण्डकी प्रदेश अन्तरगत स्थानीय तहमा कार्यरत ९ हजारभन्दा बढी कर्मचारीमध्ये सो भेलामा ५ सयको हाराहारीमा उपस्थिती हुने अनुमान गरिएको उनले बताए । 

425658665_6960591350735109_5783726692728031641_n1707028341.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update