Odapalika - The Fourth Estate - चौथो अंग
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन् । गत माघ १४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशन गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो । 

सात दिनको समय तोकेर खुलाइएको दरखास्त आह्वानमा आईतबारसम्म २५ जनाको आवेदन परेको हो । जसमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भुपेन्द्र भण्डारीदेखि साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएका छन् ।

भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।

यस्तै अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी र माधवप्रसाद रेग्मीले आवेदन दिएका छन् । सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट र लक्ष्मीप्रसाद पण्डितले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

यस्तै दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि आवेदन दिएका छन् ।

उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गर्नेछ ।

रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गरिएको छ । 

नयाँ अध्यक्ष नियुक्त नहुँदासम्म मन्त्रालयले प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको विम्मेवारी दिइएको छ ।

प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोतम खनालले गत पुस २४ गते राजीनामा दिएका थिए । खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update