Odapalika - The Fourth Estate - चौथो अंग
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको डाक्टरहरुको लाइसेन्स परीक्षामा ४३.३२ प्रतिशत डाक्टरहरु फेल भएका छन् । काउन्सिलले यही माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको परीक्षामा ५६.६८ प्रतिशतमा डाक्टरहरु मात्र उत्तीर्ण भएका हुन् । 

जसमा मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । 

यसअघिको परीक्षामा ४६ प्रतिशत मात्र डाक्टरहरु उत्तीर्ण भएका थिए । गत परीक्षाभन्दा अहिले सञ्चालन भएको परीक्षामा धेरै संख्यामा डाक्टरहरु उत्तीर्ण भएका हुन् । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update