Odapalika - The Fourth Estate - चौथो अंग
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक 

काठमाडौँ । अबदेखि संघीय संसदका बैठकमा उपस्थित सांसद्हरुले अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ । यसअघि विद्युतीय र रजिस्ट्रर गरेर दुवै हाजिरीको विकल्प सांसदलाई थियो । तर, अब अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्नुपर्ने भएको हो । 

यस्तै, अब संसदको बैठकमा उपस्थित सांसदहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरूको विद्युतीय हाजिरी गरी त्यसको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो । 

आजको बैठकले उक्त निर्णय आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि उक्त निर्णय लागू गर्ने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update