Odapalika - The Fourth Estate - चौथो अंग
८३ स्थानीय तहले देखाएनन् स्वमूल्यांकन नजिता, संघीय सरकारले दियो ७ दिने अल्टिमेटम 

काठमाडौँ । देशभरका ८३ वटा स्थानीय तहले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन नजिता सार्वजनिक गरेका छैनन् । 

नतिजा सार्वजनिक नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नजिता सार्वजनिक गरी प्रणालीमा समाविष्ट गर्न एकसाताको अन्तिम समयावधि दिएको छ । 

मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालका अनुसार ६७० स्थानीय तहले मात्र यो नजिता सार्वजनिक गरी प्रणालीमा आवद्ध गरेका छन् । 

स्थानीय तहका सवल र दुर्वल पक्षहरुको स्वमूल्यांकन गरी आफैँले आफैँलाई नम्बर दिने प्रणाली संस्थागत क्षमता स्वमूल्यांकन हो । 

यस्तो मूल्यांकन गरी सम्वन्धित स्थानीय तहको कार्यपालिकाबाट स्वीकृत गराई आफ्नो वेवसाइट, सूचना पार्टीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । 

संघीय सरकारले यो नजिता सार्वजनिक गर्न एकीकृत प्रणाली बनाएको छ । जुन प्रणाली आगामी २९ माघको मध्यरातबाट बन्द हुने भन्दै मन्त्रालयले सो अवधिभित्र नतिजा सार्वजनिक नगर्ने स्थानीय तह यसबाट बञ्चित हुने भन्दै चाँडो आवद्ध हुन भनेको छ । 

८३ वटा स्थानीय तहलाई पत्र लेखेर एक साता भित्र स्वमूल्यांकन नजिता सार्वजनिक गर्न र प्रणालीमा आवद्ध हुन भनिएको अधिकृत नेपालले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update