Odapalika - The Fourth Estate - चौथो अंग
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर 

काठमाडौँ । नेपाल वायुसेवा निगमले २ पटकसम्म चिनियाँ जहाज बिक्रीका लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गर्दा कुनै पनि कम्पनीले चासो देखाएका छैनन् । 

२०६८ सालमा चीनबाट ल्याईएको ६ थान जहाजमध्ये निगमले ५ थान जहाज बिक्रीका लागि राखेको लामो समय बितिसकेको छ । यसअघि गत पुसमा टेन्डर आह्वान गर्दा कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले पुनः मंगलबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । 

४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो । 

निगमले मंगलबार जारी गरेको लिलामीको सूचना अनुसार ३ थान वाई–१२ ई र दुई थान एमए–६० जहाज छन् । विस २०६८ सालमा चीनबाट ल्याईएको ६ थान चिनियाँ जहाज एक थान एमए–६० जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो ।

चिनियाँ जहाजको सञ्चालन खर्चसमेत धान्न नसकेको भन्दै निगम सञ्चालक समितिको बैठकले निर्णय गरेर २०७७ साउन १५ गतेदेखि उक्त जहाज ग्राउण्डेड गरिएको थियो । सञ्चालन गर्न नसक्ने भन्दै ग्राउण्डेड गरिएको ४१ महिना बितिसक्दा निगमले उक्त जहाजको व्यवस्थापन गर्न अझै सकेको छैन् । 

४१ महिनादेखि ग्राउन्डेड उक्त जहाजको निगमले बीमा र विमानस्थलको पार्किमा राख्दाको पार्किङ शुल्क नेपाल नागरिक उडड्यन प्राधिकरणलाई भुक्तानी गर्दै आएको छ । 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका यी जहाज जहाँ जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न प्रस्ताव मागेको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने गरी जहाज बिक्री गर्न लागिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ । जहाज खरिदको लागि निवेदन दिने म्याद २१ फेब्ररुअरीसम्म राखिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update