Odapalika - The Fourth Estate - चौथो अंग
तापक्रम दैनिक घट्दै, तर मौसमविद् भन्छन्ः अब गर्मी सुरु हुन्छ 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभरबाट जाडो विस्तारै हट्दै जान थालेको बताएको छ । 

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार आज बिहान ६ः ०० बजे काठमाडौँको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

३ दिनयता काठमाडौंको तापक्रम लगातार घटे पनि यस वर्ष अब यो भन्दा धेरै तल जाने सम्भावना नरहेको मौसमविद्हरु बताउँछन् ।

पानी परेका कारण केही चिसो महसुस भएपनि अब काठमाडौं र पहाडी भू–भागमा अब विस्तारै तापक्रम बढ्दै जाने विभागले जनाएको छ । 

विभागका अनुसार आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना भने रहेको विभागको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update